२० बैशाख २०८१, बिहिबार

भोलि मंगलबार राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने


मन्त्रिपरिषद् निर्णय

काठमाडौं । सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको विशेष बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको हो ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झण्डा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भोलि असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको उनले बताइन् ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

*यसअघि राष्ट्रिय शोक मात्र हुनुपर्नेमा सार्वजनिक विदा पनि भएकोमा सच्याएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !