२३ बैशाख २०८१, आइतबार

सरकार र शिक्षक महासङ्घबीच आज बिहान औपचारिक वार्ता हुँदै


सरकार र शिक्षक महासङ्घबीच औपचारिक वार्ता

काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज बिहान औपचारिक वार्ता हुँदै छ ।  हिजो भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको थियो ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको हिजोको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

“आज सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर आज छलफल भएको छ । भोलि बिहानसम्म टुङ्गिन्छ”, उनले हिजो भने ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा. प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

शिक्षक महासङ्घ र सरकारका बीच हिजो बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !