२० बैशाख २०८१, बिहिबार

सुवास नेम्वाङको निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा


गृह मन्त्रालय

काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको हो ।

मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो । आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको विज्ञप्ति

गृह मन्त्रालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !