२४ बैशाख २०८१, सोमबार

बागमती प्रदेशका सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै


भुवनकुमार पाठक फाइल फोटो

मनहरी, मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज आइतबारका लागि बोलाएको सर्वदलीय बैठक बस्दै छ ।

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !