२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय स्रोतले जनाएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि मंगलबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय हुने प्रवल सम्भावना रहेको छ ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !