२५ बैशाख २०८१, मंगलबार

विष्णुपुरकट्टीमा एमालेको सचिवालय बैठक आज बस्दै


विष्णुपुरकट्टीमा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । एमालेको सचिवालय बैठक आज बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने भएको हो ।

गत भदौं ९ गतेदेखि बस्ने गरी तय गरिएको सचिवालय बैठक वर्षाका कारण आज भदौ १३ गतेलाई सरेको थियो । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।

समयमा निरन्तर वर्षाले बाढीको स्थिति सिर्जना भएको र बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भएर बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले सर्रे अम्बासमा २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !