२५ बैशाख २०८१, मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नियमित समयअन्तर्गत हिजो मंगलबार बैठक बस्न नसकेकोले आज मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डको कार्य व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो । बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !