२० बैशाख २०८१, बिहिबार

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

संघीय संसदका महासचीव डा. भरतराज गौतमले एक सूचना सार्वजनिक गर्दै प्रतिनिधिसभाको बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् । उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले भोलि ३ बजे बैठक बस्ने गरी निर्धारण गरेको बताएका हुन् ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी भएर आउन नसकेपछि शीर्ष नेताहरुको बैठक आज बस्न सकेन ।

यसका साथै एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि व्यस्त हुने भएपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका हुन् ।

उनका अनुसार आज ४ बजे नै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे पनि जानुपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो ।

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !