२५ बैशाख २०८१, मंगलबार

नेताहरूले असन्तुष्टि जनाएपछि बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेको हो ।

सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयबाट पछि हटेको हो । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सारिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ११ बजे बस्ने गरी तय भएको बैठक दुई घण्टा पछि सारिएर दिउँसाे १ बजेपछि बस्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !