२२ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने


माओवादी केन्द्रीय समितिको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । माओवादी केन्द्रले आगामी साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले पार्टीको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने र बैठक लाइभ गर्ने निर्णय भएको एक नेताले बताए ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले समाचार संकलन गर्न संचारकर्मीका साथै आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि बैठकबारे जानकारी पाउन सहज गर्न उक्त निर्णय गरिएको बताइएको छ । यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !