१३ जेष्ठ २०८१, आइतबार

फाइल खोलेर गिजोल्ने मात्र हो भने सरकारको दिनगन्ती सुरु हुन्छ : रवी लामिछाने


रवि लामिछाने संसदमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने सरकारले विभिन्न प्रकरणका फाइल खोलेर गिजोल्ने मात्र भएमा सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन् ।

आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले सरकारले स्टन्टबाजी गर्नको लागि मात्र विभिन्न प्रकरणका फाइल खोलेर एकपछि अर्को गिजोल्ने मात्र गरेको बताए ।

लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले सुनकाण्ड जस्ता घटना आउँदा कर्मचारीको सरुवा मात्र गर्ने गरेको बताए ।

उनले सरुवा कारबाही नभएको भन्दै त्यस्तालाई तुरुन्तै बर्खास्त गर्नुपर्ने माग गरे । उनले उनीहरुलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको बताए ।

उनले यस्ता काण्डमा सामान्य मान्छे पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय पाउने बताए । उनले यो काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !