२५ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १ मिनेटका लागि बैठक बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित पहिलो कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !