२५ बैशाख २०८१, मंगलबार

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक भोलिका लागि सर्यो


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलिका लागि सरेको छ । आज बिहान बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारणवश भोलि बिहान ११ः०१ बजेका लागि सरेको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिलाई लिएर हिजो तेस्रो दिन पनि राष्ट्रियसभाको बैठक अबरुद्ध गरेको थियो । अबरुद्ध बैठक आजसम्मका लागि सारिएको थियो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सरदर प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !