२४ बैशाख २०८१, सोमबार

उपेन्द्र यादव भन्छन् – बाबुरामजीको एक्लै हिँड्ने बानी परेकोले मोर्चामा आएनन्


उपेन्द्र यादव जसपाको घोषणापत्र फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेकोले समाजवादी मोर्चामा नआएको टिप्पणी गरेका छन् ।

जसपाले आज बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे स्पष्ट पारेका हुन् । उनले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।

यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला उनको यस्तो धारणा बाहिर आएको हो । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे ।

मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !