२१ बैशाख २०८१, शुक्रबार

बजेटमाथि छलफल गर्न नेकपा एसको संसदीय दलको बैठक बस्दै


एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा बजेट, समाजवादी मोर्चालगायत समसामयिक विषयमा छलफल हुनेछ । नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै बजेट यथास्थितिमा पास गर्न नसकिने सो पार्टीका सांसदहरूले अडान राख्दै आएका छन् ।

उनीहरूले पार्टी अध्यक्ष माधव नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी समेत दिएका छन् । उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !