१५ बैशाख २०८१, शनिबार

देउवापुत्र जयवीर र गायिका शिवानाले गरे इन्गेजमेन्ट


जयवीरसिंह देउवा र शिवाना श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र गायिका शिवाना श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् ।

बिहीबार बेलुका दुवै पक्षका परिवार र आफन्तको उपस्थितिमा देउवा र श्रेष्ठको इन्गेजमेन्ट गरेका हुन् । गत जेठ ४ गते शिवानी र जयवीरबीच औंठी साटासाट भएको थियो ।

यही वर्ष भरसक चाडैं उनीहरूले विवाह गर्ने तयारी गरेका बताइएको छ । शिवानी कभर गायिका हुन् भने जयवीर आफ्नै व्यवसाय चलाउँदै आएका छन् । जयवीर शिवानी फरक-फरक पृष्ठभूमिको व्यवसायमा संलग्न रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !