१८ बैशाख २०८१, मंगलबार

गगन भन्छन् – रेशमलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ हो


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ भएको टिप्पणी गरेका छन् ।

आज सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका हुन् ।

थापाले चौधरीलाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयका विरोध गरेका हुन् । उनले अदालतले गरेको फैसलाको पूर्णपाठ नै नआउँदै माफी दिनु अदालतमाथिको बलमिच्याइँ भएको बताएका हुन् ।

थापाले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । उनले दलका नेताहरूलाई जे लाग्यो त्यो गर्दै जाने व्यवस्था लोकतान्त्रिक व्यवस्था नहुने बताए ।

थापाले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरुे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए ।

थापाले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए ।

थापाले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने बताउँदै उनले राष्ट्रहित विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए । उनले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !