१८ बैशाख २०८१, मंगलबार

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद डा. सुनिल शर्मा


डा. सुनिल शर्मा

काठमाडौँ । सांसद डा. सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, “नीति तथा कार्यक्रम पूर्ण छैन । अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा बढी जोड दिनसक्दथ्यो ।”

सांसद कालुराम राईले नीति तथा कार्यक्रमको बुँदा नम्बर ४७ मा दुर्लभ लोपोन्मुख वन्यजन्तुको संरक्षणसम्बन्धी विषयमा कुन कुन वन्यजन्तु संरक्षण गर्नपर्ने हो भन्ने स्पष्ट नपारेको बताए ।

सांसद सीता मिजारले नीति तथा कार्यक्रमको समर्थन गर्दै तीन तहको सरकारबीचको जिम्मेवारी, दोहोरोपन र अधिकार बाडँफाटमा फरक बुझाइका कारण सेवाग्राहीमा पर्ने गएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद सपना राजभण्डारीले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाइन् । सांसद सूर्यकुमारी श्रेष्ठले नीति तथा कार्यक्रम पुनरावलोकन गरी सच्याउन सुझाव दिइन् । सांसद निर्मला कोइरालाले नीति तथा कार्यक्रममा असमर्थन जनाए ।

सांसद अमृतादेवी अग्रहरी, सांसद सम्झना थपलिया, उर्मिला थेवे र सांसद शान्ति श्रेष्ठ, रुकमणि राना बराइली, सरिता भुसाल, वासुदेव घिमिरे, प्रेमबहादुर महर्जन र प्रतीक्षा तिवारीले नीति तथा कार्यक्रम पुनःलेखन गर्न सुझाव प्रस्तुत गरे ।

सांसद रणकुमारी बलमपाकी मगरले राष्ट्रपति महिला उत्थान तथा महिला उद्धार कार्यक्रमलाई पुनः नीति तथा कार्यक्रममा सामावेश गर्न माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !