७ बैशाख २०८१, शुक्रबार

संसदको बैठकमै ओलीले गरे सरकार परिवर्तनको संकेत


केपी शर्मा ओली संसदमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा बोल्दै सरकार परिवर्तनको संकेत गरेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको आरोप लगाए ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रममा देश विकासको उद्धेश्य र गन्तव्य नभएकोले एक वर्षको समय मात्र बर्बाद हुने आरोप लगाए ।

अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै फिर्ता लैजान प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् । ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह समेत गरेका हुन् ।

ओलीले सरकारले पछि नीति कार्यक्रम पास भएन भनेर गुनासो गर्नुभन्दा अहिले नै फिर्ता लगेर नयाँ नीति कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले प्रमुख प्रतिपक्ष लगायत विपक्षमा रहेका पार्टीहरुले यो नीति कार्यक्रममा समर्थन जनाउन नसक्ने पनि बताए ।

उनले देशको विकासका लागि नीति तथा कार्यक्रम बनाउन ओलीले आग्रह समेत गरेका छन् । उनले नीति तथा कार्यक्रम देशको विकास र सम्वृद्धिको लागि केन्द्रित हुनुपर्ने धारणा राखे । यदि सरकारले नीति तथा कार्यक्रम फिर्ता गरेर पुनर्लेखन नगरेमा आफ्नो पार्टीले समर्थन नगर्ने र अन्य राजनीतिक दललाई पनि समर्थन नगर्न पनि आग्रह गरे ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पास नगरी छक्का हानेर उडाइदिनु पर्ने प्रतीकात्मक भाषा बोल्दै पारित गर्न नहुने बताए । ओलीले भने, ‘पहिलो कुरा सम्माननीय प्रधानमन्त्रीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाइदिनुपर्छ, रिङआउट ।’

उनले नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने र नगर्ने स्पष्ट पारे । बरु उनले यो भन्दा देश विकासको गतिलो नीति तथा कार्यक्रम एमालेले नेतृत्वको भावी सरकारले ल्याउने संकेत गरे ।

सरकारले ल्याएको यो नीति तथा कार्यक्रमले देश विकासको उद्धेश्य र गन्तव्य हासिल गर्न नसक्ने भएकोले पारित भएमा देशको एक वर्षको समय मात्र बर्बाद हुने बताएका हुन् । एमाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीतिमा रहेको छ । एमाले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको हो ।

हिजो शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका थिए । ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका थिए ।

एमालेले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताएका थिए ।

यो पनि पढ्नुहोस्

भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम आफूले सुरु गरेको ओलीको दावी

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई ओलीको आग्रह

सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य छैन : अध्यक्ष ओली

सरकार बनेको दुई महिनामै प्रधानमन्त्री मुटु प्रत्यारोपणतिर लाग्नुभयो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !