५ श्रावण २०८१, शनिबार

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई ओलीको आग्रह


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले यस्तो अनुरोध हुन् ।

अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै फिर्ता लैजान प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

ओलीले सरकारले पछि नीति कार्यक्रम पास भएन भनेर गुनासो गर्नुभन्दा अहिले नै फिर्ता लगेर नयाँ नीति कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले प्रमुख प्रतिपक्ष लगायत विपक्षमा रहेका पार्टीहरुले यो नीति कार्यक्रममा समर्थन जनाउन नसक्ने पनि बताए ।

उनले देशको विकासका लागि नीति तथा कार्यक्रम बनाउन ओलीले आग्रह समेत गरेका छन् । उनले नीति तथा कार्यक्रम देशको विकास र सम्वृद्धिको लागि केन्द्रित हुनुपर्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य छैन : अध्यक्ष ओली

सरकार बनेको दुई महिनामै प्रधानमन्त्री मुटु प्रत्यारोपणतिर लाग्नुभयो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !