१४ बैशाख २०८१, शुक्रबार

सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य छैन : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य नभएको टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

संसदमा आफ्नो धारणा राख्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा शून्य नीति भएको भनेर आलोचना गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गर्नुपरेको पनि उनले टिप्पणी गरेका छन् ।

उनले आफूले सरकारको नीति कार्यक्रममा सरकारको गन्तव्य पाउन नसकेको ओलीले बताएका हुन् । निर्वाचनका बेलामा गठबन्धनले गरेका बाचाहरुको तुलनात्मक अध्ययन गर्दा केही पनि नभेटिएको बताए ।

उनले जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम भएपनि नीति तथा कार्यक्रम उद्धेश्य र गन्तव्य आफूले पहिल्याउने कोसिस गर्दा केही पाउन नसकेको बताए ।

यो पनि पढ्नुहोस्

सरकार बनेको दुई महिनामै प्रधानमन्त्री मुटु प्रत्यारोपणतिर लाग्नुभयो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !