६ बैशाख २०८१, बिहिबार

भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम आफूले सुरु गरेको ओलीको दावी


केपी शर्मा ओली संसदमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम आफूले सुरु गरेको दावी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले भुटानी शरणार्थीका बारेमा सबभन्दा बढी जानकार आफू रहेको दावी गरेका हुन् ।

ओलीले शरणार्थी बसेको जिल्लाको आफू प्रतिनिधि भएकोले नाताले यस समस्याका बारेमा आफूले विस्तृत रुपमा जानकारी भएकोे बताए । उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गर्दै अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिए ।

ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी समेत गरे । नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले नभएर आफैँ विस्फोट भएर स्वत: स्फुर्त बाहिर आएको बताए । ओलीले तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा भन्दै कडा आपत्ति जनाएका छन् ।

यो पनि पढ्नुहोस्

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई ओलीको आग्रह

सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य छैन : अध्यक्ष ओली

सरकार बनेको दुई महिनामै प्रधानमन्त्री मुटु प्रत्यारोपणतिर लाग्नुभयो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !