२० बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ


गण्डकीका नवनियुक्त मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त ४ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार बिहान नेपाली कांग्रेसबाट ३ जना तथा नेकपा (माओवादी केन्द्र) का १ जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जीतप्रकाश आले र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

जसअनुसार काँग्रेसका जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले आर्थिक मामिला मन्त्रालय र जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

योसँगै गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री पाण्डेले दीपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीको सूचीबाट हटाएर कांग्रेसकै आलेलाई मन्त्री बनाएका हुन् ।

यो पनि पढ्नुहोस्

गण्डकीमा मन्त्रीको लिष्टबाट मनाङे आउट, जीतप्रकाश आलेको इन्ट्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !