६ जेष्ठ २०८१, आइतबार

गण्डकीमा मन्त्रीको लिष्टबाट मनाङे आउट, जीतप्रकाश आलेको इन्ट्री


दीपक मनाङे र जीतप्रकाश आले

पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने लिष्टबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका दीपक मनाङे भनिने राजीव गुरुङ आउट भएका छन् भने नेपाली कांग्रेसकै सांसद जीतप्रकाश आलेको इन्ट्री भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकीकृत समाजवादीका सांसद मनाङेलाई मन्त्रीको लिष्टबाट आउट गरेर तनहुँ–२ प्रदेश सभा २ का कांग्रेसकै आलेलाई मन्त्री बनाउने भएका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीको सूचीबाट हटाएर कांग्रेसकै आलेलाई मन्त्री बनाउने भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले अव कांग्रेसबाट ३ जना तथा नेकपा (माओवादी केन्द्र) का १ जनालाई मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादुर थापा र जीतप्रकाश आले तथा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका हुन् ।

योसँगै गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीको शपथ आज अपरान्ह ४ बजे मन्त्रीको सपथ कार्यक्रम तय गरिएको छ ।

यो पनि पढ्नुहोस्

गण्डकी सरकारमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु