१५ बैशाख २०८१, शनिबार

संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएकाले बैठकमा उपस्थित हुन सकिनँ


Top Bahadur Rayamaghi

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसदको बैठकमा उपस्थित हुन नसकेको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका हुन् । यद्यपि रायमाझीले पठाएको उक्त पत्र संसद सचिवालय स्रोतले भने अझसम्म दर्ता नगरिसकेको बताइएको छ ।

सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपनि प्रहरीको फरार सूचीमा रहेका छन् । रायमाझीलाई आजै बुधबार दिउँसो पार्टीले सचीव पदबाट निलम्बन समेत गरेको छ ।

बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएको हुनसक्ने आंकलन गरिएको छ ।

यो पनि पढ्नुहोस्

एमालेले टोपबहादुर रायमाझी गर्यो निलम्बन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !