२३ बैशाख २०८१, आइतबार

सांसद अमरेशकुमार सिंहविरुद्ध कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी


अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

नेपाली कांग्रेस नेतृ आरजु राणा देउवानिकट मानिने नेता ठाकुरले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न भएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् । उनलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही-४ बाट स्वतन्त्र रुपमा चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए ।

यस्तो छ सांसद अमरेशकुमार सिंहबिरुद्ध अख्तियारमा परेको उजुरी

अमरेशकुमार सिंहबिरुद्ध अख्तियारमा परेको उजुरी

यो पनि पढ्नुहोस्

अमरेशकुमार सिंहद्वारा संसदमै अर्धनग्न भएर विरोध प्रदर्शन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !