२६ बैशाख २०८१, बुधबार

राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दै


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दैछन् । आज दिउँसो दिउँसो १ बजे राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकको बैठकमा राष्ट्रपति राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीले सुझाव दिएका थिए । हिजोको गठबन्धनको बैठकमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको थियो ।

संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिइनन् । पूर्वराष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएको विधेयक रोकिदिएकी थिइन् ।

उक्त रोकिएको विधेयकका सम्बन्धमा राष्ट्रपतिले छलफल गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले यसअघिकी राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राखेका हुन् । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीको सुझाव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !