२२ बैशाख २०८१, शनिबार

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीको सुझाव


सत्ता गठबन्धन

काठमाडौँ । । सत्तारुढ गठबन्धनको बैठकको आज बसेको बैठकमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीले सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको हो ।

संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिइनन् ।

गठबन्धनको आजको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी थिए । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !