२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसका नवनियुक्त ३ मन्त्रीको सपथ भोलि हुने


धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट नियुक्त भएका ३ नवनियुक्त मन्त्रीहरूको सपथ भोलि बिहीबार हुने भएको छ । शीतल निवास स्रोतका अनुसार नवनियुक्त थप ३ मन्त्रीहरुको सपथ भोलि बिहीबार ३ बजे हुने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाली कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार : कांग्रेसको तर्फबाट थप ३ मन्त्री नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !