१९ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद् विस्तार : कांग्रेसको तर्फबाट थप ३ मन्त्री नियुक्त


धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !