२५ बैशाख २०८१, मंगलबार

रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन


दिलबहादुर थापा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सवारी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उपनिर्वाचन-८० को चुनावी प्रचार-प्रसारका समयमा चितवनमा रहँदा लामिछाने बसेको घरको छतबाट खसेर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेर गम्भीर घाइते भएका थिए ।

थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै सुतेका थापा छतबाट खसेपछि ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !