२० बैशाख २०८१, बिहिबार

तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण


गोविन्द भट्टराई

काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधिएको छ ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँले भट्टराईलाई प्रचार-प्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

 गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !