२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त


दुर्गाप्रसाद शर्मा

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन् । २०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए ।

उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायतका सञ्चार संस्थामा काम गरेका छन् । शर्मा प्रेस चौतारीको वरिष्ठ उपाध्यक्ष समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !