२५ बैशाख २०८१, मंगलबार

देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ : पूर्वराजा ज्ञानेन्द्र


पूर्वराजा ज्ञानेन्द्र फाइल फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई थाहा पाई पाई बरबादीतिर नधकेल्न देशका सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।

पूर्वराजा शाहले नयाँ वर्ष २०८० सालको पूर्वसन्ध्यामा आज बिहीबार शुभकामना सन्देश जारी गर्दै पछिल्ला तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखिएको बताउँदै अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उल्लेख गरेका हुन् ।

शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सहमति र सम्झौता पालना नभएको विषय कोट्याएका छन् ।

उनले अब कोरा नारा छाडेर सही प्रकारको राज्य पद्धतिका निम्ति सोच्दै सबै खाले गल्ती सच्याउनेतिर लाग्न अनुरोध गरेका छन् । उनले राजनीतिक दलका नेताहरूले सम्झौता र सहमति भद्रताका साथ गर्ने तर अभद्रताका साथ सम्झौता तोडेको बताएका छन् ।

उनले यसरी सम्झौता र सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीका लागि वाञ्छनीय नभएको बताएका छन् । उनले वित्तीय संस्थाको कारोबार विपन्न वर्गसम्म पुग्न नसकेको र सीमित वर्गमा मात्र पुगेको बताएका छन् ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्षको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्षको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !