२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनका ४ दलको बैठक बालुवाटारमा जारी


गठबन्धनका ४ दलको बैठक

काठमाडौं । सत्ता गठबन्धनका ४ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध ४ दलको बैठक जारी रहेको हो ।

जारी बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरु सहभागी रहेका छन् । बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थित रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !