२१ बैशाख २०८१, शुक्रबार

चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध पनि युवराजको उजुरी


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

काठमाडौं । राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध आज उजुरी परेको छ । आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले दाबी विरोधको निवेदन दिएका हुन् ।

लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको जिकिर गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा २९१ अनुसार विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उनले उल्लेख गरेका छन् ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै हिजो दर्ता भएको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । सफलले नै लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

उपनिर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिने समय तोकेको छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा

उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारप्रति आज उजुरी दिन सकिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !