२ जेष्ठ २०८१, बुधबार

उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारप्रति आज उजुरी दिन सकिने


निर्वाचन आयोग

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो ।

तनहुँ-१, चितवन-२ र बारा २ मा उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा आज उजुरी दिन सकिने र उजुरीउपर भोलि चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !