२५ बैशाख २०८१, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रले भने – अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन


पूर्वराजा ज्ञानेन्द्र फाइल फोटो

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले सतही फेरबदल र अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

अभिनन्दनपछि लिखित सम्बोधन गर्दै पूर्वराजा शाहले परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने टिप्पणी गरेका हुन् ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् । शाहले तन-मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् । उनले यस्तो पाराले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने पनि बताए ।

पूर्वराजा शाहले राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताए । उनले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने धारणा राखे ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको लिखित मन्तब्य

पूर्वराजा ज्ञानेन्द्र शाहको लिखित मन्तब्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !