२५ बैशाख २०८१, मंगलबार

चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


जीतनारायण श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा उम्मेदवार टुंग्याएको हो । चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएर पदमुक्त भएपछि चितवन-२ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आगामी चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !