२४ बैशाख २०८१, सोमबार

तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


गोविन्द भट्टराई

काठमाडौँ । नेपाली काँग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा उम्मेदवार टुंग्याएको हो । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आगामी चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !