२२ बैशाख २०८१, शनिबार

गठबन्धनमा भागबण्डा नमिल्दा दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति नबन्दा मन्त्रिपरिषद् विस्ताए दुई चरणमा हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएकोले आजै दिउँसो ३ बजे पुन: बैठक बस्ने छ ।

लेखकले भोलि बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । उनले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने उनले दावी गरे । उनले आज मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको पनि बताए ।

यो पनि पढ्नुहोस्

गठबन्धनको आजको बैठक पनि निष्कर्षविहीन, दिउँसो ३ बजे पुन: बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !