१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय


जगन्नाथ थपलिया

हेटौंडा । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको बताए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन् । चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।

बागमती सरकारमा एमालेबाट अर्थमन्त्री जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !