२४ बैशाख २०८१, सोमबार

ओलीको आरोप : प्रधानमन्त्री प्रचण्ड पार्टीका जंगबहादुर हुन्


एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका जंगबहादुर भएको टिप्पणी गरेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको व्यवहार र शैली जंगबहादुर राणाको जस्तो भएको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी पनि गरे ।अध्यक्ष ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए ।

ओलीले प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताए ।

आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदैछन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

यो पनि पढ्नुहोस्

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !