७ बैशाख २०८१, शुक्रबार

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


केपी ओली एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदैछन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

यी दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमत परेपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने भएका हुन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अब नेपाली कांग्रेसले सरकारलाई समर्थन दिने भएको हो ।

कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएतापनि रास्वपाले समर्थन कायमै राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !