१४ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपतिमा भोट दिनेबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । रास्वपाले भोलि शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने भन्नेबारे निर्णय लिने भएको हो । उपराष्ट्रपतिको निर्वाचन भोलि शुक्रबार नै हुँदैछ भने हालसम्म रास्वपाले कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !