१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्ड संसदमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत ८ गतेभित्रै विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने कांग्रेसले जानकारी दिएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले सम्भवत: चैत ६ गते सोमबार विश्वासको मत लिने बालुवाटार स्रोतले बताएको हो । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते सकिएपछि विश्वासको मत लिने भएका हुन् ।

गत पुस १० गते प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको एमालेले फागुन १५ गते समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । नेकपा एमालेका साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डलाई अब नेपाली कांग्रेसले समर्थन दिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !