१४ बैशाख २०८१, शुक्रबार

जसपाले बोलायो कार्यकारिणी समितिको आकस्मिक बैठक


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको थियो ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा पार्टीको तर्फबाट प्रमिला यादवलाई पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउने विकल्प अघि सारेपछि निर्णय लिन जसपले बैठक बोलाएको हो ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !