२५ बैशाख २०८१, मंगलबार

उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ : कमल थापा


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने बताएका छन् ।

सामाजिक संजालमा आज बिहान लेख्दै अध्यक्ष थापाले राष्ट्रपति पुरुष निर्वाचित भई सकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै महिलाको अधिकार खोस्न नहुने बताएका हुन् ।

उनले संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए तापनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय, मान्यता र सोचाई भएकोले गलत परम्परा नबसाउन राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय,मान्यता र सोचाई हो । गलत परम्परा नबसालौँ । राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ । महिलाको अधिकार नखोसियोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !