२० बैशाख २०८१, बिहिबार

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल


प्रचण्ड र माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

सिंहदबारस्थित माओवादी संसदीय दलको कार्यालय आज मध्यान्ह प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल छलफलमा जुटेका हुन् । जारी छलफलमा अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी भएका हुन् ।

राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल जारी रहेको बुझिएको छ । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दाबी प्रस्तुत गरिरहेको नेपाल र प्रधानमन्त्रीबीच छलफल भएको हो ।

हिजो बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साँझ कांग्रेस नेताहरुले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने तयारी अघि बढेको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राष्ट्रपतिको निर्वाचनलाई लिएर देशमा राजनीतिक सरगर्मी हवात्तै बढेको छ । तर एकीकृत समाजवादीका अध्यक्ष नेपालले बुधबारको पार्टी सचिवालय बैठकमा पुरानो गठबन्धन ब्युँताउने र ओलीबाहेककै गठबन्धनलाई निरन्तरता दिनेगरी पहल गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

भावी राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे माधव नेपाल

राष्ट्रपतिलाई लिएर चिनियाँ राजदूत सक्रिय : कोटेश्वर पुगेर भेटे नेपाललाई

नेकपा एसको बैठक : राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !