२४ बैशाख २०८१, सोमबार

बागलुङ कालिकाको दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा


विद्यादेवी भण्डारी बाग्लुङमा

ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !